जेठ २२,बसन्त न्यौपाने।
मध्यविन्दु— विश्व वातावरण दिवसको अवसरमा आज जेठ २२ गते बिहीबार नवजागरण नमुना माध्यमिक विद्यालयमा "प्लास्टिकजन्य प्रदुषण न्युनिकरण हाम्रो दायित्व " मुल नाराका साथ विद्यालयको इको क्लबद्धारा इको गार्डेनमा वृक्षारोपण एवं वातावरण संरक्षणको प्रतिबद्धता सहित विश्व वातावरण दिवस मनाइएको छ। विद्यालयका प्रधानाध्यापक श्री हरिप्रसाद देवकोटा ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय परिवार, विद्यार्थी, अभिभावक र स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत विद्यालय प्रांगणमा विभिन्न जातका बिरुवा रोपेर वृक्षारोपण गरिएको छ।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा वातावरण जोगाउन सामूहिक प्रयास आवश्यक रहेको प्रधानाध्यापक देवकोटाले बताए । देवकोटाले यस्तो कार्यक्रमले विद्यार्थीमा वातावरण प्रतिको जिम्मेवारीबोध जागृत गराउने विश्वास व्यक्त गरे कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक भीम भट्टराईले गरेका थिए।