कावासोती ,नवलपुर ।नवलपुर ड्राइभिङ व्यवसायी संघको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।अधिवेशनबाट राज सिङ्ग गुरौ सर्वसहमत रुपमा अध्यक्षमा चयन भएका छन।
असार २० गते शुक्रबार कावासोती १ को पोखरीतालमा भएको अधिवेशनले अध्यक्षमा गुरौ सहित ९ सदस्यीय कार्य समिती सर्वसहमत रुपमा चयन गरेको हो।नया कार्यसमितिको उपाध्यक्षमा चुण्ड प्रसाद सापकोटा,सचीवमा विस्णु पंगेनि ,सह-सचिवमा पारु श्रेष्ठ ,कोषाध्यक्षमा रमेश पाण्डे र अन्य सदस्य सबै सर्वसहमत निर्वाचित भएको निर्वाचन समितिका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।
संस्थाका निवर्तमान अध्यक्ष ठाकुर कोइरालाको अध्यक्षमा सम्पन्न अधिवेशन तथा साधारण सभाको खुल्ला सत्र कार्यक्रमका प्रमुख अतिथी ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रिय अध्यक्ष राजकुमार गुरुङ रहेका थिए भने कार्यक्रममा केन्द्रिय समितिका उपाध्यक्ष ,प्रदेश समितिका सदस्य लगायत नवलपुर ड्राइभिङ संघमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो।
निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम असारको अन्तिम शनिवार आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।