। कृष्ण पौडेल ,नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नं १ केउरेनीका सुभाषचन्द्र ओझा ले आज नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी भित्र देखिको किचलो र पार्टीले आफूलाई उचित स्थानमा नसमेटेको प्रती केही दिन देखि ओझा रुष्ट थिए। नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि , तरुण दल गण्डकी प्रदेश विभाग सदस्य , तरुण दल नवलपुरका सदस्य समाजसेवी ओझा एमाले प्रवेशसँगै देवचुलीमा राजनीतिक तरंग पैदा भएको छ ओझा सहित नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि टेक बहादुर गुराै , क्रियासिल सदस्य श्याम वहादुर थापा , दुर्गा थनेत लगायत ९० जना पार्टि प्रवेश गरेका छन् । नेकपा एमाले स्थापनाकाे ७४ ओैं स्थापना दिवसकाे अवसरमा नेकपा एमाले वडा कमिटि वडा नं १ काे आयाेजनामा वृद्ध वृद्दा सम्मान कार्यक्रम समेत गरेकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि नवलपुर जिल्ला ईन्चार्ज सांसद तिलक महतले अविर , टीका र खादा लगाएर पार्टिमा प्रवेश गराउनु भएको थियाे । नव प्रवेशीहरुलाई स्वागत गर्दै सांसद महतले पार्टीमा सहि र उचित स्थान दिईने वताउनुभएकाे छ । यसै विच नेकपा माओवादी केन्द्रका नेता मिना थापा र ईन्दिरा बुढाथोकी पनि आज नै नेकपा एमाले प्रवेश गर्नुभएको छ । समाराेहमा नेकपा एमाले केन्द्रीय सदस्य तथा पार्टि नवलपरासिका सह ईन्चार्ज तथा केन्द्रीय सदस्य रविन्द्र अधिकारीकाे समेत उपस्थिति रहेकाे थियाे ।
काङ्ग्रेसका ओझा सहित विभिन्न पार्टी परित्याग गर्दै ९० जना एमाले प्रवेश