नवलपुर समाज जापानद्वारा देवचुली १६ रजहरमा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई ११ लाख बराबरको ल्याब सम्बन्धी उपकरण हस्तान्तरण गरिएको छ । कार्यक्रममा नवलपुर समाज जापानका संस्थापक अध्यक्ष केशव पौडेलले सामुदायिक प्राकृतिक चिकित्सालयमा मेडिकल संचालन गर्न र विरामिलाई थप उपचारको लागी बाहिर जान नपरोस भन्ने उदेश्यले सहयोग गरिएको बताउनुभयो । उहाले २०१७ मा स्थापना भएको नवलपुर समाज जापानले स्थापनाकाल देखि नै नवलपुर जिल्लामा भएका बाढि पिडित, मृगौला पिडित भएका क्षेत्रमा सहयोग गदैं आएको बताउदै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरि देवचुली वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले सामुदायिक प्राकृतिक चिकित्सालयमा भएका विरामीहरुलाई ल्याब नहुँदाको कारण थप उपचारको लागि नारायणगढ चितवन पठाउनुपर्ने बाध्यता हटेको भन्दै ल्याब स्थापनाको लागि उपकरण सहयोग गर्ने नवलपुर समाज जापानलाई धन्यबाद व्यक्त गर्नुभयो । यसैगरि संविधान सभा सदस्य महेन्द्रध्वज जि. सीले विदेश पलाएन भएर पनि आफनो जन्मभुमिलाई आफुले पसिना बगाएर जम्मा गर्नुभएको रकमको केहि प्रतिशत सामुदायिक प्राकृतिक चिकित्सालयको लागि ल्याब सम्बन्धीका उपकरणहरु सहयोग गर्ने नवलपुर समाज जापानलाई आभार व्यक्त गर्नुभयो । कार्यक्रममा नवलपुर समाज जापानका कार्यसमिति महासचिब सुरेश सापकोटा, सचिब राजु भण्डारी, आरती गैरे, आजिवन सदस्य प्रमानन्द सापकोटा, मन्दिप सापकोटा, सामुदायिक प्राकृतिक चिकित्सालयका पूर्व निर्वाचन समिति २०७६।०७७ का गोविन्द प्रसाद गैरे संचालक समितिका पदाधिकारीहरु लगाएतको उपस्थिति रहेको थियो ।
नवलपुर समाज जापानद्वारा प्राकृतिक चिकित्सालयलाई उपकरण हस्तान्तरण