गण्डकीमा मंगलबार थप ८६ जनामा कोरोना संक्रमण कात्तिक ४ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ८६ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ४६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र लाइफ केयर डाइग्नोष्टिक सेन्टर, पोखरामा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका ८६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । आज थपिनेमध्य सबैभन्दा बढी कास्कीमा ४८ जनामा संक्रमणको पुष्टि भएको छ ।
त्यस्तै लमजुङ र गोरखाका १२–१२ जना, तनहुँका ५ जना, स्याङ्जाका ७ जना र बाग्लुङ र पर्वतका एक–एक जना पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा काेराेना संक्रमित काे संख्या ६००० नाग्याे