बुटवल । प्रदेश ५ को राजधानी दाङ लैजाने प्रस्तावको बिरुद्धमा आन्दोलित कांग्रेसले संसद बैठक अबरुद्ध गर्दै कुर्सी तोडफोड गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका कारण अवरुद्ध भएको १ बजेको पहिलो बैठक पुन संचालन हुँदा तोडफोड भएको हो ।
प्रदेश ५ को स्थायी राजधानी दाङ र लुम्बिनी नामाकरण गर्ने प्रस्तावमाथि छलफल शुरु भएसंगै विपक्षी दलका सांसदहरुले स्थायी राजधानी रुपन्देहीलाई बनाउने माग राख्दै राख्दै बैठक कक्षमा नाराबाजी गर्दै टेबुल माथि कुर्सी फालेका थिए ।
तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानी सम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।
सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।