बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाका अनुसार विगत सात दिनदेखि भेन्टिलेटरमामा उपचाररत नवलपरासी पश्चिम र कपिलबस्तुका एक-एक जना संक्रमितको मृत्यु भएको हो ।
कलेजो र मिर्गौलाका दीर्घ रोगी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-३ का ४९ वर्षीय पुरुष गत भदौं २७ गते अस्पताल भर्ना भई उपचारको क्रममा बिहीबार विहान ४ बजे मृत्यु भएको हो ।
यस्तै मधुमेह र मिर्गौलाका दीर्घ रोगी कपिलवस्तुको बुद्धभूमि नगरपालिका-६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।