बिनोद आचार्य/ सुनसरी/५ असोज । खोटाङ जिल्ला वराहपोखरी गाँउपालिका वडा नं. १ बाराहा , हाल इटहरी उपमहानगरपालिका १७ पकलीको कान्छीचोक निवासी मुना श्रेष्ठले क्यान्सर पीडित आफ्ना श्रीमान् पूर्णकुमार श्रेष्ठको उपचारका लागि सहयोगको याचना गर्नुभएका े छ । उहाँका २८ वर्षीय श्रीमान् पूर्णकुमार श्रेष्ठलाई केही समय पहिले ब्लड क्यान्सर भई सिभिल अस्पताल काठमाडौंमा पहिलो चरणका उपचार भइ अहिले ँयिियध गउ भईरहेको छ र पूर्णरुपले निको हुन बाँकी छ । घरको आर्थिक अवस्था कमजोर तथा देशमा रोजगारीको अभावको कारणले धन कमाउने आशामा खाडीमुलुक पुगेका श्रेष्ठलाई घाँटीमा समस्या आई त्यहीको स्थानीय अस्पतालमा जचाँउदा डाक्टरले टि.बि.को आशंका गरेका तर उपचारको क्रममा कुनै सुधार नभएपछि कम्पनीले नजा भन्दा भन्दै आफ्नै जबरजस्तीमा जोखिम मोलेर नेपाल फक्र्र्र्र्र्र्र्र्र्र्र्र्रिइ काठमाडौंको सिभिल अस्पतालमा जचाँउदा सुरुवाती अवस्थाको ब्लड क्यान्सर पुष्टी भएको थियो । पीडित पूर्ण श्रेष्ठ भन्नुहुन्छ , “धन कमाउन खाडी पुगेको भरखर १६ महिना भएकोथियो तर काम गर्ने क्रममा शरिरमा टन्सिल लगायतका विभिन्न लक्षण देखा परेर समस्या भएपछि त्यहाँको अस्पतालमा जचाँउदा टि.बि. भएको हो , केही समयमा ठीक हुन्छ भनेर डाक्टरले भने तर आफूलाई विश्वास नलागेर नेपाल आई जचाँउदा ब्लड क्यान्सर रहेछ ।” आर्थिक स्थिति कमजोर भएको कारणले आफ्ना ब्लड क्यान्सर पीडित श्रीमान्को उपचारमा झन् समस्या भएको श्रीमती मुना श्रेष्ठले बताउनुभयो । उहाँ भन्नुहुन्छ , “धन कमाउन श्रीमान्लाई ऋण खोजेर विदेश पठाएकी थिएँ तर रोग बोकेर आउनुभयो , पहिलो चरणको उपचार त गरियो तर अब बाँकी उपचार कसरी गर्ने भन्ने चिन्ता परेको छ ।” “पहिलो चरणमा करिब ६ महिनासम्म केमो उपचार गर्दा लगभग २० लाख खर्च भयो र विभिन्न दानवीर ब्यक्ति तथा संस्थाको सहयोगमा सो उपचार सम्भव भयो तर अब हामीलाई आर्थिक सङ्कट परेको छ” , मुना श्रेष्ठ भन्नुहुन्छ । “हरेक ३/३ महिनामा ँयिियध गउ मा जानुपर्छ र प्रत्येक पल्ट ३०/३५ हजार खर्च लाग्छ” श्रेष्ठले भन्नुभयो , “त्यत्रो रकम कसरी जम्मा गर्ने भन्ने अलमलमा परियो । २ वर्षसम्म उपचार र ँयिियध गउ गर्दा आफूलाई राम्रो भएको साथै डाक्टरको सल्लाह सुझावले विरामीको मनोबल बढेकोले सहयोगी मनहरुले सहयोग गरिदिए आफूलाई श्रीमान्को उपचारमा सहज हुनेथियो ।” डाक्टरको भनाइमा पीडित पूर्ण श्रेष्ठको द्ययलभ mबचचयध अर्थात् हड्डीभित्रको मासी फेर्न भने पर्दैन तर पूर्णरुपले स्वस्थ हुनको लागि रगतको बगतय तचबलकउबिलत गर्नुपर्छ । तर आर्थिक अभावमा उपचार गर्दागर्दै थप उपचार गर्न नसकी ँयिियध गउ का भरमा अस्पतालबाट बाहिरिनु परेको छ । सिभिल अस्पतालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विशेष शर्मा पौडेलले अन्तिम चरणसम्म उपचार गर्न सके रोग पूर्णरुपले निको हुनसक्ने सम्भावना अत्यधिक रहेको र सो उपचारका लागि अस्पतालमा मात्र अझै कम्तिमा १५ लाख सम्म लाग्न सक्ने बताउनुभएको छ । तर बिरामी भएकोले २८ वर्षको जवान अवस्थामा नै जटिल रोगले पीडित भइ कमाउन सक्ने अवस्था नरहेको , श्रीमतीले गर्दै गरेको परिवारको गुजारा गर्ने सानो रोजगारी पनि लकडाउनका कारणले संकटमा परेको , अघिल्लो चरणमा ६ महिनासम्म केमो उपचार गर्दा आफूले विदेशमा कमाएको अलि अलि रकम पनि सकिएको साथै पहिलो चरणको उपचारकै क्रममा आफ्नो परिवार , दाजुभाइ , छिमेकी , साथीहरु , इष्टमित्र , विभिन्न संघ संस्थाहरु, स्वदेश तथा विदेशमा रहेका धेरै नेपाली दाजुभाइहरु एवम् विदेशमा आफूले काम गरेको कम्पनीले समेत सक्दो सहयोग गरिसकेका हुनाले अब दोहो¥याएर सहयोग माग्न सक्ने अवस्थामा आफू नरहेकाले सहयोगी मनका धनी महानुभावहरुले सहयोग गरिदिए आफू निको भई सामान्य जीवनमा फर्किने थिएँ भन्ने पूर्णकुमार श्रेष्ठको भनाइ रहेको छ । साथै पहिलो चरणमा सहयोग गरी आफ्नो जीवन बचाइदिनुहुने सबै दाताहरुप्रति आफू हृदयदेखि नै आभारी रहेको समेत उहाँको भनाइ छ । एक सानी छोरीका मातापिता श्रेष्ठ दम्पत्तिलाई उपचार तथा ँयिियध गउ का लागि आर्थिक कठिनाई रहेकाले सहयोग गर्न चाहनुहुने सहयोगी ब्यक्ति तथा संघ संस्थाहरुले पूर्ण श्रेष्ठको मोबाइल नम्बर ९८१८६१८३१८/९८६५५५००७५ मा सम्पर्क गर्न र मेगा बैंकमा पूर्णकुमार श्रेष्ठको नाममा रहेको खाता नम्बर ००५००५०१८३३५६ मा रकम जम्मा गरिदिन सक्नुहुन्छ ।
क्यान्सर पीडित पूर्णकुमार श्रेष्ठको उपचारको लागि श्रीमतीको याचना