ध्रुव जंग थापा नवलपुर
नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं ४ का भूमिहीन सुकुम्बासीहरुले गरेको आन्दोलनलाई एक्यवद्वता जनाउँदै जनता समाजवादी पार्टीले आगामी वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो वडामा आफ्नो उमेदवारी घोषणा नगर्ने गरी सुकुम्बासी संघर्ष समितिलाई प्रतिबद्वता पत्र बुझाएको छ। प्रतिबद्वता पत्र बुझाउन स्वयम् जनता समाजवादी पार्टीका नगर अध्यक्ष कृष्ण गैरे उपस्थित हुनुभएको थियो। नो भोट नो लालपुर्जा भन्दै भूमिहिन सुकुम्बासीहरु विगत एक महिनादेखि आन्दोलनमा छन्। उनीहरुले लालपुर्जा हात नपरेसम्म चुनावका कुनै पनि गतिविधि गर्न गराउन नदिने भन्दै चुनाव बहिस्कार गरिरहेका छन्।