प्रथम सेन्ट जोसेफ कप नक आउट फुटबल प्रतियोगिता २०७८ को आज भएको दोस्रो खेलमा हरियाली युवा कल्ब ,रजहरले रड्स रामपुर चितवनलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको छ। आजको खेलको म्यान अफ दि म्याच युनाईटेड युवा क्लव ,रजहरकाका खेलाडी गोबिन्द के.सी. बनेका थिए । प्रथम सेन्ट जोसेफ कप नक आउट फुटवल प्रतियोगिता २०७८ मा प्रथम हुने टिमले नगद रु १ लाख ३० हजार नगद सहित , ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन भने उपबिजेता टिमले नगद रु ८० नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छ। । प्रथम सेन्ट जोसेफ कप नक आउट फुटबल प्रतियोगिता २०७८को मुख्य प्रायोजक काठमाण्डौको गोगंबु स्थित द नाम्स स्कुलको व्यवस्थापनद्वारा सन्चालित कावासोती-३ मा अव्सथित कावासोती सेन्ट जोसेफ बोर्डिङ रहेको छ भने सह-प्रायोजकमा अस्ट्रेलिया ,जापान,क्यानडा,कोरिया, युरोप लगायतका देशहरुमा बिधार्थी भिषामा पठाउदै आइरहेको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि. रहेको छ। अफिसियल मिडियामा गण्डकी आज तथा रेडियो सामर्थ्य एफ एम रहेको छ ।भोलिको खेल झाक्रे फुटबल कल्ब र नमुना युवा क्लव विच हुने छ।
प्रथम सेन्ट जोसेफ नकाउट फुटबलको दोस्रो खेलमा हरियाली युवा क्लब विजयी