नवलपुर।नवलपुरको हुप्सेकोट गाउपालिकाको एक विद्यालयमा चोरी भएको छ। हुप्सेकोट ३ मा रहेको श्री सरस्वती संस्कृत तथा साधारण मा वि मा माघ २० गते राती बत्ती गएको समय पारेर विद्यालय भित्र रहेको कम्प्युटर ल्यावमा चोरी भएको हो । कोठाको बाहिर रहेको सी सी क्यामेरा फुटाएको र दुइवटा ढोकाको ताला फोडेको र सामान तितरबितर पारेको अवस्थामा भेटिएको छ ।चोरले नेपाल टेलिकमको अनुदान प्राप्त कम्प्युटर ल्याबको सरबरको लक फोडेको अवस्थामा पाइएको विद्यालयका प्रअ रमेश पराजुलीले जानकारी दिएका छन। । ल्याबमा रहेको २४ सेट कम्प्युटरमध्ये एक सेट ( इस्क टेप,सि पि यू ,किबोर्ड र माउस )र एक सेट स्पीकर पनि चोरी भएको छ ।ल्याबमा रहेको एक सेट प्रोजेक्टर र उक्त कार्टुनमा रहेको अन्य सामानहरु बाहिर ल्याएर गल्लीमा फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबाट २ लाख ५० हजार बराबरको सामान चोरले लगेको र तीन लाख बराबरको क्षती भएको विद्यालयले जनाएको छ। ।विद्यालयमा चोरी भएको कुरा हिजो विद्यालय समयमा १० बजे थाहा भए लगत्तै विद्यालय व्यवस्थापन समितिका सदस्य होमनाथ भन्डारीले इलाका प्रहरी चौकी झ्यालबासमा जानकारी गराएका थिए।घटना र घटनामा संलग्न चोरहरुको विषयमा अनुसन्धान तथा खोजतलास भैरहेको प्रहरीले जनाएको छ।
नवलपुरको गिरुवारिमा रहेको सरस्वती संस्कृत माविमा चोरि