कावासोती।कावसोती-३ को शितल चौरमा जारी भानु खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नमुना युवा कल्ब पेनाल्टी शुट आउटमा ५-३ ले विजयी भएको छ।युनाइटेड क्लब गिरुवारी र नमुना युवा क्लबका बिचमा भएको खेल निर्धारित समय समयमा २-२ को बराबरिमा सकिएपछी नतिजा पेनाल्टी शुट आउट बाट निकालिएको हो।जित संगै नमुना युवा क्लब कावासोती ५ फाइनल प्रवेश गरेको छ।तेस्तै आज प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सेन्ट्रल अठ्ठाइस विगाहा युवा क्लब र हरियाली युवा क्लब रजहरका बिचमा ठिक २ बजे हुनेछ।आजको खेलको बिजेता र नमुना युवा क्लब बिचमा यहि माघ ७ गते फाइनल खेल हुनेछ।कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै सम्पुर्ण खेल प्रेमी समर्थक तथा दर्शक हरुलाइ अनिवार्य रुपमा मास्क प्रयोग गरेर खेल अवलोकन गर्नका लागि भानु युथ एकेडेमीका अध्यक्ष सुक बहादुर गुरुङले अनुरोध गरेका छन।
भानु कप: पहिलो सेमिफाइनलमा नमुना युवा क्लब विजयी,दोस्रो सेमिफाइनल आज हुदै