देवचुली।पुर्वी नवलपरासीको देवचुली २ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको सि.जी बु्रअरीमा लागेको आगलागी करिब करिब नियन्त्रणमा आएको छ । बिहान ८ बजेर २० मिनेटमा आगलागी भएकोमा करिब ४ घण्टा पछि नियन्त्रणमा आएको हो । अझैपनि आगलागी पूर्णरुपमा नियन्त्रणमा भने आइसकेको छैन तथापि केहीसमयमा पूर्णरुपमा नियन्त्रण हुने चौधरी उद्योग ग्रामका प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिनुभयो । आगोलागी नियन्त्रणका लागि चितवनको भरतपुर महानगरका दुईवटा, खैरहनी नगरपालिकाको एक, नेपाली सेनाको एक र कावासोती नगरपालिकाको एकगरि ५ वटा बारुण यन्त्र प्रयोग गरिएको थियो । आगलागीको कारण यकिन हुन नसकेपनि विद्युत सट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, उद्योगका कर्मचारी लगायतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने आएको छैन ।
चौधरी उद्योग ग्राममा बिहान देखि लागेको आगो नियन्त्रणमा