शुध्दोधन-ग्रामिण क्षेत्रमा खेलकुदको उदाउँदो स्थानको रुपमा पहिचान बनाईरहेको शुध्दोधन गाउँ पालिका ५ बभनीडाँडामा युथ स्टार क्लबको आयोजनामा शुद्धोधन ५ पुरैनी खेल मैदानमा जिल्ला स्तरीय शुध्दोधन कप नकआउट क्रिकेट प्रतियोगिताको सुरुवात भएको छ। सबैलाई सम्मान खेलकुद लाई प्रोत्साहनको मुल नाराका साथ सो प्रतियोगिता सुरु भएको हो । उद्घाटन कार्यक्रममा शुध्दोधन गाउँ पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले खेलाडी लाई बल हस्तान्तरण गरि उद्घाटन गर्नुभएको थीयो ।
युथ स्टार क्लबका अध्यक्ष घनश्याम भुषालको अध्यक्षता ,शुध्दोधन गाउँ पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख आतीथ्यता, शुध्दोधन २का वडा अध्यक्ष विष्णुप्रसाद बस्यालको विशिष्ट आतीत्यतामा भएको कार्यक्रममा खेलको पहिलो दिनको प्रतियोगितामा एभरेस्ट युवा क्लब बुटवल १६ ले सैनामैना नमुना युवा क्लबलाई २४ रनले जित हाशिल गरेको छ ।
एभरेस्ट युवा क्लबले १६ ओभरमा ७ बिकेट गुमाउदै १५४ रन बनाएको थीयो भने सैनामैनाले १५५ रनको लक्ष्यमा १६ ओभरमा ९ बिकेट गुमाउदै १३० रन बनाएको थियो। खेलमा उत्कृष्ट क्याच गर्ने सैनामैनाका दामोदर घिमिरेले वेस्ट प्लेयरको उपाधि हात पारे भने एकल ६७ रन जोडेका एभरेस्टका बिनय केसिले म्यान अफ द म्याच उपाधि हात पारेका थिए ।उपाधि स्मृति टोल बिकास संस्थाका अध्यक्ष पुरुषोत्तम गैर्हेले बेस्ट प्लेयरलाई बल र म्यान अफ द म्याचलाई मेडलले सम्मानित गरेको क्लबका सदस्य सागर कडेलले बताए।
रुपन्देही जिल्लाका २४ टिम सहभागी खेल २५ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष घनश्याम भुषालले बताए।सो खेलमा प्रथम पुरस्कार पचास हजार नगद शिल्ड प्रमाणपत्र ,दोस्रो पुरस्कार तीस हजार नगद र शिल्ड प्रमाणपत्र रहेको र कार्यक्रममा सह प्रायोजकमा रहेका शुध्दोधन गाउँ पालिकाको कार्यालय मानपकडी ,वडा नः४को कार्यालय फर्साटिकर ,वडा नः५को कार्यालय मानपकडी, वडा नः२ को कार्यालय भुजौली ,खनाल ईट्टा उधोग शुद्धोधन ३ , लुम्बिनी हेरीटेज शुद्धोधन १,शर्मिला इन्टिग्रेटेड एग्रीकल्चर फर्म प्रा,ली,शुद्धोधन १ , इनपुट क्याफे शुद्धोधन ४ रुपन्देही रहेको क्लबका कोषाध्यक्ष रवि अधिकारीले बताए।कार्यक्रम क्लबका उपाध्यक्ष सृष्टि गुरुङको स्वागत र क्लबका सचिव कमल खरेलको संचालनमा सम्पन्न भएको हो।