राजेन्द्र महतो
१२ चैत्र, लहान । कोरोना महामारीको समयमा प्रदेश सरकारले पठाएको राहत बिवादमा परेर केहि महिना देखि अडकिएको राहत साम्राग्री सिरहाको काल्याणपुर नगरपालिका वडा नम्बर – ६ ले बुधबार वितरण गरेको छ ।
घरेलु तथा साना उधोग कार्यालय मार्फत करिब ११ महिना आगाडी पठाएको राहत स्थानीय राजनितिक विवाद र खिचातानीका कारण बितरण हुन नसकेको राहत बुधबार मात्र स्थानिय राजनितिक दलका प्रतिनिधि , वडा सदस्य, बुद्धिजिबि संग छलफल गरेर ५८ विपन्न परिवारलाई वितरण गरिएको छ । राहतको विषय लिएर बिगत १५ दिन देखि विवाद चल्दै आएका थिए ।
बिवाद सुल्झाउन विभिन्न दलका पर्तिनिधिको सर्बद्लिय बैठक बसेको थियो।उक्त बैठकबाट निर्णय भई राहत वितरण गरेका सम्बन्धित वडा का अध्यक्ष राईनले बताएका छ्न । प्रदेश -२ सरकारले घरेलु तथा साना उधोगको कार्यालय लहान सिरहाबाट पठाएको राहत ५८ बोरा चामल, ५८ जनाको दरले क्रमश १ पाकेट खाने तेल, १ किलो नुन, २ सय ग्राम स्वयाविन र १ वटा हात धुने साबुन लगायतका सामग्रीहरु वडा न ६का ५८ बिपन्न परिवारलाई वितरण गरेको वडा अध्यक्ष मोतिबुल राईनले बताएका छन ।
महामारीबाट प्रभावित अतिविपन्न र मजदुरका लागि सरकारले गत जेठमा दोस्रो चरणको राहत कार्यक्रम घोषणा गरेको थियो । सरकारले घरेलु तथा साना उद्योग कार्यालय मार्फत दोस्रो चरणको राहत वितरण गर्न सीधै वडा कार्यालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।