काठमाडौं ।आजबाट अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् । थ्री नेसन्स कपको उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको यू–२३ टिम भिड्ने छन् ।
बंगलादेश र किर्गिस्तान बीचको खेल साँझ साढे ५ बजे सुरु हुने छ । नेपालले भने पहिलो खेलमा भोलि किर्गिस्तान सँग खेल्ने छ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्ने छ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुने छ ।
फाइनल खेल चैत १६ गते हुने छ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।