भाद्र १०, गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को गैंडाकोट ११ स्थित नारायणी किनारमा एक पुरुषको शव फेला परेको छ । गैंडाकोट ११ को समसान घाट नजिक शव भेटिएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले जानकारी दिए । शव नारायणी नदिले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको छ । लासबारे थप अनुसन्धान भइरहेको प्रहरिले बताएको छ ।
नारायणी किनारमा बेबारिसे शव फेला