बागलुङको निसीखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बुधबार साँझ बाहुनगाउँदेखि छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरी निरीक्षक विजय भण्डारीका अनुसार कुलपूजाका लागि बाहुनगाउँ पुगेर घर फर्किने क्रममा उनीहरु दुर्घटनामा परेका हुन् । घाइते सातै जनालाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाईएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
जीप दुर्घटना: एकको मृत्यु, सात जना घाइते