कृष्ण पौडेल ,गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका १ हर्मिचौरको देउराली माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। वार्षिकोत्सवमा हाजिर जवाफ ,हिज्जे ,तातो आलु, हिसाब दौड ,निबन्ध ,अभिभावक घैंटोफोर, लोक गित प्रतियोगिता तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै श्री देउराली माध्यमिक विद्यालयका प्रधानध्यापक मित्रलाल पाण्डेले आर्थिक कुराबाट विद्यालय पछाडि परेको र अभिभावक लगायत सबैको साथ विद्यालयलाई खाँचो परेको प्रधानध्यापक मित्रलाल पाण्डेले बताए । प्रेम पाण्डे र टुना बहादुर न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि देउराली माध्यमिक विद्यालयका अध्यक्ष बलबादुर न्यौपाने रहेका थिए।
कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक बेदबहादुर रानाले अभिभावक र शिक्षकको भुमिका एउटै रहेकाले अभिभावकको सुझाब सल्लाहको खाँचो रहेको र अभिभावकद्वारा विद्यालयमा अनुगमन गर्नुपर्नेमा जोड दिए।
देउराली माविको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न