नवलपरासी — नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा अहिले साँझ मसाल जुलुस निकालेका छन् ।
उक्त समूहका सर्मथक कार्यकर्ताले प्रतिगमन मुर्दावाद, नेकपा जिन्दावाद भन्दै नारा लगाएका थिए । जुलुसमा उक्त समूहका जिल्ला तहका नेता कार्यकर्ता तथा भातृ संगठनका कार्यकर्ता सहभागी थिए ।
अनेरास्ववियूका केन्द्रीय सदस्य हरी सिग्देलले नेतृत्व गरेको जुलुश कावासोतीको सभापति चोकबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय नजिकैसम्म पुगेको थियो । सिग्देलले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाए ।
संसद् विघटनपछि विभाजित नेकपा पूर्वी नवलपरासीमा दाहाल-नेपाल समूह बलियो देखिएको छ ।