कावासोती , मंसिर १७
शर्मीला चापागाई
नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरमा एच आई भी संक्रमीतको संख्या २२० रहेको छ ।
हाल जिल्लामा एच आई भी संक्रमीत पुरुष १०६ र महिला ११४ गरी जम्मा २२० रहेका छन । २०७५ साल बाट स्थापना गरिएको चोरमारा एआरटि सेन्टरबाट हालसम्म ६७ जनाले एआरटि सेवा लिएका छन । बाँकी संक्रमितले जिल्ला बाहिरबाट एआरटि सेवन गर्ने गरेका छन् । अधिकाशंले अझै पनि चितवनबाट एआरटि सेवन गर्दै आएका छन् ।
एआरटि केन्द्र चोरमाराबाट औषधी सेवन गर्ने ६७ जना मध्ये ४ जनाले हाल एआरटि औषधी सेवन गर्न छाडेका छन । एआरटि औषधी सेवन गरिरहेका ३ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ५९ जनाले अहिले नियमित एआरटि औषधी सेवन गरिरहेको एआरटि केन्द्र चोरमाराका नविन अधिकारीले जानकारी दिनुभयो ।
हरेक वर्ष डिसेम्वर १ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रमहरु गरी विश्व एड्स दिवस मनाइन्छ ।
एच आई भि एड्स सम्वन्धी जनचेतना फैलाउने, यसको रोकथाम तथा उपचारको वारेमा विश्वभर जानकारी दिनु, एच आई भि एड्स विरुद गरिएका कार्यक्रम तथा गतिविधीहरुको वारेमा सवै ठाउँमा जानकारी पुर्याउनु नै यस दिवसको मुख्य उदेश्य हो ।
दिवसका अवसरमा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सन्चालन हुने गरेका छन् । १९ औ शताब्दी तिरवाट पत्ता लागेको एच आई भि भाइरस बिश्वभर नै महामारीको रुपमा फैलिएको छ । मानव शरिरको प्रतिरक्षा प्रणालीमा आक्रमण गर्ने यो भाइरसलाई उपचारको माध्यमवाट पूर्ण रुपमा निको पार्न सक्ने औषधी तथा सर्नवाट रोकथाम गर्न सक्ने भ्याक्सिन अझै पनि पत्ता लगाउन सकिएको छैन ।
असुरक्षित यौन सम्पर्क, रगत तथा रगत जन्य पदार्थको असुरक्षित प्रयोग तथा सन्क्रमित आमावाट वच्चामा सर्न सक्ने यो भाईरसवाट सुरक्षित हुनको लागि रोकथाम नै मुख्य उपाय हो । मानव शरिरमा प्रवेश गरेपछी यो भाइरसले प्रतिरक्षा प्रणालीमा ठुलो असर गर्दछ । जसकारण संक्रमीतहरुले नियमित एआरटि औषधी सेवन गर्नुपर्ने हुन्छ । एचआईभि रोकथामका लागि बिभिन्न प्रयासहरु भएका छन् । तर, संक्रमित भएकाको जिविकोपार्जनमा सुधारका लागि भने खासै काम हुन सकेको छैन ।
नियमित औषधी सेवानसंगै आफनो दैनिकी चलाउनुपर्ने तर जिबिकोपार्जनको लागि कुनै उपाय नहुदा एचआई भी संक्रमित समस्यामा परेको एच आई भी को क्षेत्रमा काम गर्ने संस्था लुम्विनी प्लसकी अध्यक्ष निर्मला पौडेले बताउनुभयो ।
केही संघसंस्थाले समय समयमा कार्यक्रम गरेर जनचेतना फैलाउन सहयोग भएको छ तर, वास्तविक एअ आई भी संकमीतहरुका लागि भने कुनै पनी तहबाट दिर्घकालीन योजना नभएको अध्यक्ष पौडेलले गुनासो गर्नुभयो ।
एच आई भी संक्रमीतहरुका लागी दिवसमा मात्र कार्यक्रम गरेर उनीहरुको समस्या समाधान नहुने भन्दै उनीहरुको लागी स्थानिय तहबाट नै सम्बोधन गरिनुपर्ने अध्यक्ष पौडेलको भनाई रहेको छ ।