नवलपरासी ४ मङ्सिर , रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपालनवलपरासी अध्यक्ष तथा लोक गायक भरत छेत्रीलाइ ज्यान मार्ने धम्कि आएको छ। छेत्रीलाइ गय राति (बुधबार ) ८ बजेर ५५ मिनेटमा ९८१५४६०४०५ को मोबाइल नम्बरबाट फोन गरेर ज्यान मार्ने धम्कि आयको उनले बताए।
आफुलाइ एक्कासी मोबाईलमा फोन गरेर धम्कि दिएपछि सुनवल ईलाका प्रहरी कार्यलयमा तत्काल मौखिक रुपमा जानकारी गराएको र आज बिहानै (बिहिवार ) लिखित उजुरी पनि दिने छेत्रीले बताएका छन। आफ्नो एक जना भान्जी पर्ने को बिबाहदर्ता र जन्मेको बच्चाको जन्मदर्ता बनाइदिनुपर्ने भनि भान्जी को श्रीमानलाइ आग्रह गरेको विषयलाइ लिएर अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्कि दिएको छेत्रीको भनाइ छ। छेत्रीली आफुलाइ धम्की आएको बारे सामाजिक सन्जाल फेसबुक मार्फत पनि जानकारी दिएका छन। आफुलाइ धम्कि दिने ब्यक्तिले आफो नाम नभनेको तर भैरहवा बाट भान्जी को श्रीमानको काका भनेर बताएको छेत्रीले बताए।
गायकलाइ ज्यान मार्ने धम्कि