कावासोति । नवलपरासी बर्दघाट सुस्ता पुर्वमा ४६६ जना सक्रिय कोरोना सङक्रमित रहेका छन् ।
नवलपुरमा गरिएको ११०१२ परिक्षण मध्ये १८१० जनाको रिपोट पोजेटिभ देखिएको हो र हालसम्म १३४४ जना सङक्रमणमुक्त भएका छन् । कावासोतिमा जम्मा ४४४ जनामा सङक्रमण देखिएको थियो जस्मा २३८ जना सक्रिय सङक्रमित छन् भन्ने २०६ जना निको भैसकेका छन् । गैंडाकोट नगरपालिकामा जम्मा ४८३ जनामा सङक्रमण देखिए मध्ये ३६२ जना सङक्रमण मुक्त भएका छन् भन्ने १२१ जना सक्रिय सङक्रमित रहेका छन् । देबचुलि नगरपालिकाका ३५० जनाले कारोना जितिसकेका छन् र बाँकि ३५ जना सङक्रमित गरी जम्मा ३८५ जनामा कोरोना सङक्रमण देखिएको थियो । मध्यबिन्दु नगरपालिकामा जम्मा १६१ जनामा कारोना सङक्रमण देखिएको हो जस्मा ३० जना सक्रिय सङक्रमित रहेका छन् भने १३१ जना सङक्रमण मुक्त भएका छन् ।
विनयि त्रिवेणि गाउँपालिकामा १ जना मात्रै सक्रिय सङक्रमित रहेका छन् र बाँकि १५३ जना भने सङक्रमण मुक्त भैसकेका छन् । यस्तै गरि हुप्सेकोट गाउँपालिका जम्मा ६६ जनामा सङक्रमणदेखिएको छ भन्ने ५८ जना कारोना सङक्रमण मुक्त भैसकेका छन् । बुलिड्डटार गाउँपालिकाका सङक्रमण देखिएका ४० जनाले कारोना जितिसकेका छन् ।
यस्तै गरी जिल्ला अस्पातालदेखि ४४ जना कारोनामुक्त भएर र्फकिएका छन् र जम्मा ८ जना सक्रिय सङक्रमित रहेका छन् । रजहर प्रकृतिक चिकित्सालयमा जम्मा १३ जना सक्रिय सङक्रमित रहेका छन् ।
कावासोतिका २३८ सहित नवलपुरमा छन् जम्मा ४६६सक्रिय सङक्रमित