रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमणको दर बढ्दै गएपछि एक साता लकडाउन गरिएको छ ।
नगरभित्रका सुरक्षा निकाय, राजनीतिक दल, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स तथा उद्योग व्यापार संगठनका प्रतिनिधिहरुको समेत उपस्थितिमा भदौं २ गते बसेको नगरस्तरीय संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले भदौं ३ गतेदेखि १० गतेसम्म थप कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन भएसँगै सधैं भिडभाड हुने तिलोत्तमा नगरपालिकाका कोटिहवा, मणिग्राम, भलवारी लगायतका बजारहरु अहिले निकै सुनसान देखिन्छन् ।
हेर्नुहोस् लकडाउनको दोस्रो दिन (मनोज चौधरी कुर्मी)ले खिच्नु भएको तिलोत्तमा वडा नं. १५ कोटिहवा चोकको दृश्यहरु :


