पोखरा, ५ कात्तिक / पोखरा महानगरपालिका १ गाईघाट स्थित सेती नदी किनाराको खोचमा खसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।
पोखरा महानगरपालिका २ मिरुवा बस्ने वर्ष ३४ को सम्राट राणा खसेको छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी पुगेको थियो । प्रहरीको रेस्क्यु टोलीले राणालाई जिवितै उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
थप समाचारका लागि गण्डकीन्युज डटकम हेर्दै गर्नु होला ।