ट्राफिक प्रहरी महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरी खटाएर सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ ।
ट्राफिक महाशाखाले क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सीहरुको अनुगमन र कारबाहीमा तीब्रता दिएकोछ ।
यात्रुको चाप बढस् हुने रुटमा विशेष चेक प्वाइन्टहरु राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै बढि भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले चाडपर्व लक्षित विशेष योजनालाई मध्यनजर गरी सादा पोसाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही अभियान चलाएको जानकारी दिए । उनले यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका बसपार्क एवं मूख्य भिडभाड हुने चोकहरुमा चेकजाँच गरि स्वास्थ्य मापदण्ड पालना गरे नगरेको र यात्रुसँग बढि भाडा लिने गरे नगरेको अनुगमनलाई तीव्रता दिई थप कडा कारबाही गर्न थालेको बताए ।